खसी बोकासहित धनगढीबाट ३ जना पक्राउ
धनगढीमा प्रहरीले खसी बोकासहित तीन जनालाई पक्राउ गरेको छ। विहीबार धनगढी उप–महानगरपालिका वडा नं–२ चौरहाबाट प्रहरीले ४५ खसी बोकासहित उनीहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका टंकबहादुर थापा, तनहुँ फिरफिरेका तिलप्रसाद पौडेल र कञ्चनपुर पुर्नवासका रामकिशोर राना रहेका छन्।
कञ्चनपुरको पुर्नवास–८ बस्ने ३६ वर्षीय रामकिशोर रानाले चलाएको सु.प.प्र ०१–००२ त ५१८२ नम्बरको ट्याक्टरमा ४५ वटा खसी बोका अवैध रुपमा ओसारपसार गर्दैगर्दा पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीले ट्याकटरसहित उनीहरुलाई नियन्त्रणमा लिएर कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको जनाएको छ ।
२२ पुस २०७८, बिहीवार १६:३१ बजे प्रकाशित













