तीन सहमहामन्त्री पदको मतगणना आजै साँझदेखि
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन कलस्टरका सहमहामन्त्री पदको मतगणना विहीबार साँझेदेखि हुने भएको छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ ।
मतगणनाका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिए । बाँकी ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।
१ पुस २०७८, बिहीवार १५:५७ बजे प्रकाशित












