कारागारमा साथीलाई भेट्न गएका युवक लागुऔषधसहित पक्राउ

जिल्ला कारागार कैलालीमा साथीलाई भेट्न पुगेका युवक लागुऔषधसहित पक्राउ गरेका छन् ।

धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

उनी लागुऔषध मुद्दामा कारागारमा रहेका सिद्धार्थ बडेलालाई भेट्न भनेर कारागार पुगेका थिए । उनलाई गेटमा चेकजाँच गर्ने क्रममा उनको साथबाट १८० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर लागुऔषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

 

 

 


२८ मंसिर २०७८, मंगलवार १४:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु