दोस्रो चरणमा प्रकाशमानले देउवालाई सघाउने
प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।
देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्याउनुपर्ने देखिएको उनको भनाइ छ ।
देउवाले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्ने प्रतिबद्धता जनाएको सिंहले बताए ।
२८ मंसिर २०७८, मंगलवार ११:४२ बजे प्रकाशित












