punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने

Chaupati
safha napa

पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ ।

काठमाण्डौमा आज हिजोभन्दा पनि चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ ।हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस थियो ।


१३ मंसिर २०७८, सोमवार ०९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु