कांग्रेस कञ्चनपुरका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्र नम्बर २ महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सभापति बोहरा पराजित भएका हुन् ।

पूर्व मन्त्री रमेश लेखक पक्षीय सभापति बोहरा महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ १० जनाका लागि भएको निर्वाचनमा ११औं नम्बरमा परे । यो निर्वाचन क्षेत्रमा पूर्व मन्त्री एनपी साउँद पक्षीय नेताहरू विजयी भएका छन् ।

बोहरा आसन्न जिल्ला अधिवेशनमा समेत जिल्ला सभापतिको उम्मेदवारका लागि चर्चामा थिए । महाधिवेशन प्रतिनिधिमै हारेपछि उनी अब जिल्ला सभापतिको उम्मेदवार हुन पाउने छैनन् ।

कांग्रेसको विधानमा जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।


७ मंसिर २०७८, मंगलवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु