ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आज ?
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार ३ रुपैयाँमा झरेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा झरेको छ ।
७ मंसिर २०७८, मंगलवार १२:१२ बजे प्रकाशित












