विवादका बिच सकियो डडेलधुराको काँग्रेस अधिबेशन, सभापतिमा साउँद
बिबादका बिच डडेल्धुरामा काँग्रेसको सातौं जिल्ला अधिवेशन सकिएको छ । सभापति कर्ण मल्ल समूह जिल्लामा पुनः अधिबेशन गर्नुपर्ने मागसहित
काँग्रेस केन्द्रीय कार्यालयमा अनशन बसिरेहेका बेला यता नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।
सोमबार सम्पन्न जिल्ला अधिबेशनबाट भीमबहादुर साउँद सभापतिमा विजयी भएका छन् । प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकट साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । पर्शुराम नगरपालिकाका मेयर पनि हुन् ।
यस्तै उपसभापतिमस लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।
यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्।
७ मंसिर २०७८, मंगलवार ०९:५६ बजे प्रकाशित












