प्रधानमन्त्री देउवा दम्पती महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन्। गृह जिल्ला डडेल्धुराबाट उनी महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।
देउवा पत्नी डा. आरजु राणा देउवा पनि महाअधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छिन्।
त्यस्तै नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य गोविन्द राज बोहरा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर, शिक्षा विभागका केन्द्रीय सदस्य शुरेशराज जोशी, पूर्व जिल्ला सभापति रधुवर भट्ट, गन्यापधुरा गाँउपालिका अध्यक्ष नबलबहादुर मल्ल, तारक बुढाऐर, जनक कलौनी, जयराज पनेरु, शेरबहादुर साउद महाअधिवेसन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
यस्तै सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट र कलावती बोहरा र डा राणा गरी ४ जना महिला महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
जिल्ला कार्य समितिको उप–सभापती पदमा डिल्ली राज जोशी र लक्ष्मी प्रसाद अवस्थी सर्वसम्मत चयन भएका छन्। सह–सचीवमा प्रेमबहादुर महर र गोविन्दराज बोहरा सर्जसम्मत भएका छन्।
६ मंसिर २०७८, सोमवार २०:१३ बजे प्रकाशित












