अब केही दिन प्रधानमन्त्री देउवाको जिम्मेवारी गृहमन्त्री खाँणले सम्हाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बेलायत जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन्।बेलायत प्रस्थान गर्नुअघि प्रधानमन्त्री देउवाले बिहीबार साँझ नै खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका हुन्।

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नराखिएकाले दोस्रो वरीयतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।बेलायतको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जाँदै छन्।झन्डै एक साता उनी बेलायत भ्रमणमा रहनेछन्।​


१२ कात्तिक २०७८, शुक्रवार १०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु