सर्वाेच्च अदालतमा आज ‘फुल कोर्ट’, न्यायाधीशहरूद्वारा बहिष्कार
सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक राख्दै छन्।जबराले सोमबार दिउँसो साढे १ बजेका लागि नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत सहभागी हुनेगरी ‘फुल कोर्ट’ बैठक बोलाएका हुन्।
तर अन्य न्यायाधीशहरूले बैठक बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले फुल कोर्ट बैठक बोलाएपछि आइतबारै अपराह्न सर्वोच्च अदालतमै बसेको १४ न्यायाधीशहरूको बैठकले त्यसमा सहभागी नहुने निर्णय गरेको हो।पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेकोलगायत आरोपका कारण घेराबन्दीमा परेका जबराले आइतबार बार एसोसिएसनसँगको बैठकपछि फुलकोर्ट डाकेका हुन्।
उनले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि आइतवार बताएका थिए।उनले अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने फुल कोर्टमै छलफल गर्ने बताएका छन्।
आइतबार बारका पदाधिकारीसँग जबराले तीन घण्टा लामो छलफल गरेका थिए। जबराले आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फुल कोर्ट बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए।
८ कात्तिक २०७८, सोमवार ०८:५७ बजे प्रकाशित













