सेती अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ९ का ५५ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना परीक्षण नगरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

जसमध्ये ५ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ। यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन्।


७ कात्तिक २०७८, आइतवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु