सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।जिल्लाको गोदाबरी नगरपालिका –३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो।
उनको सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।
७ कात्तिक २०७८, आइतवार ०८:४५ बजे प्रकाशित












