सुदूरपश्चिममा बाढी-पहिरोबाट ३५ को मृत्यु, अझै २२ बेपत्ता

सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु भएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा १०, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।

यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्।बझाङका १९ र कैलाली र बैतडी र डोटीका १/१ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढी र पहिरोकै कारण १७ जना घाइते छन्।डोटीका ११, डडेल्धुराका २, बैतडीका २, बझाङ र बाजुराका १/१ जना घाइते भएका हुन्।


६ कात्तिक २०७८, शनिवार १८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु