रावलको राजीनामा ठूलो कुरा होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको प्रतिक्रिया दिएका छन्।एमाले पार्टी कार्यालय थापाथलीमा आयोजित भर्चुअल कार्यक्रममार्फत् देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गरेर फर्किने क्रममा पत्रकारसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘उहाँले राजीनामा के को गर्नुभयोरु के संयोजन सकिनँ भन्नुभयो। सहजीकरणको संयोजक हुनुहुन्थ्यो। मैले गरेर भएन भन्नु भयो,’ ओलीले भने, ‘त्यत्रो ठूलो कुरा पनि होइन। त्यो लिखित पनि होइन। स्वीकार्य पनि होइन। अस्वीकार्य पनि होइन। केही पनि होइन।’

उनले पार्टीमा दश भाइ वा अन्य केही भन्ने कुरै नभएको भन्दै एमाले एकढिक्का रहेको दाबी गरे। उनले दश बुँदे सहमतिमा केही बाँकी रहेका विषय समाधान हुने पनि बताए।शुक्रबारको स्थायी कमिटी बैठकमा पाँचपृष्ठ लामो फरक मत राख्दै रावलले कार्यदलको संयोजक र सदस्य समेत नरहनेगरि राजीनामा दिएको बताएका थिए।


६ कात्तिक २०७८, शनिवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु