विराटनगर विमास्थलमा आज बिहानैदेखि उडान सुरु

बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ ।दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो ।

सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।उडान तालिका बिहानदेखि साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो ।उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

 


६ कात्तिक २०७८, शनिवार ०९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु