सुदूरपश्चिम सरकारले भोलिदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत राहत बाँड्ने

सुदूरपश्चिम सरकारले शनिवार देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। प्रदेशका सातै जिल्लामा शनिबार (भोलि) हेलिकोप्टरमार्फत सरकारले राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरेकी छन्।


५ कात्तिक २०७८, शुक्रवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु