कञ्चनपुरमा एक कोरोना संक्रमितको मृत्यु
कञ्चनपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३५ की महिलाको मृत्यु भएको हो ।
उनी असोज २० गते कोरोना संक्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।
उनको शुक्रबार उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
५ कात्तिक २०७८, शुक्रवार १४:४६ बजे प्रकाशित












