सेती अस्पतालमा थप २० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ जनाको नमूना परिक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा १ जना अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।


५ कात्तिक २०७८, शुक्रवार १२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु