धनगढीमा प्रधानमन्त्री देउवालाई पत्रकारले सोधे– वैशाखमा चुनाव हुन्छ?
प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा चुनाव (अर्ली इलेक्सन) गर्ने कि नगर्ने भन्ने कुरा सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेर मात्र भन्न सकिने बताएका छन्।
कैलालीको धनगढीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा आफू एक्लैले भनेर नहुने जवाफ दिएका हुन्।
‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन’, प्रधानमन्त्री देउवाले भने, गठबन्धनले जे भन्छ, त्यही हुन्छ।’
५ कात्तिक २०७८, शुक्रवार १२:४५ बजे प्रकाशित













