प्रधानमन्त्रीसँग प्रदेश सरकारको छलफल : बाढीग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग

बाढी पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री शेरवहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारले भेटवार्ता गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा भएको भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

हालैको बर्षाले ल्याएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति पुराएको र अरबौंका भौतिक संरचना ध्वस्त भएको जानकारी गराउदै प्रदेश सरकारले प्रधानमन्त्रीसँग ती संरचनाको पुनर्निमाण, रहात र क्षतिपुर्ति तत्काल लागु हुनुपर्ने माग गरेको छ ।

यी सम्पूर्ण कार्यमा तीन तहकै पहलकदमी हुनेगरी प्रदेश सरकार समन्वय र साझेदारी गर्न तयार रहेको बताएको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।देशमै सबै भन्दाबढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी पुनर्निमार्ण थालिनुपर्ने प्रदेश सरकाकारको थियो ।

सञ्चारकर्मीको प्रतिकृयामा मुख्यमन्त्री भट्टले भने– ‘यस प्राकृतिक प्रकोपबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति, घाईतेको निस्शुल्क उपचार, बाढी पहिरोवाट क्षति भएका घर तथा भौतिक संरचनाको पुनर्निर्माण, बिस्थापितको पुनर्स्थापना र किसानहरु बालि नोक्सानीमा रहात, सामुहिक बस्ति निर्माण गरेर पुनर्स्थापना तथा ब्यवस्थापन गर्नुपर्ने भएपनि प्रदेश सरकार साझेदारी गर्न तयार रहेकोले योजना बनाएर छिटो भन्दा छिटो काम थाल्न भन्यौं, प्रधानमन्त्रीबाट सकारात्मक जफाब आएको छ ।’


४ कात्तिक २०७८, बिहीवार २१:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु