प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगे
सुदूरपश्चिमको बिभिन्न बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन् ।
उनी बाढीपहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि डडेल्धुरा आइपुगेका हुन्।
उनले त्यस ठाउँका जनप्रतिनिधि,सरोकारवालासँग र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । देउवाले बिहिबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् ।
प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन्।
वर्षासगै बाढीपहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै, २४ जना बेपाता छन् भने १६ जना घाइते भएको तथ्यांक छ ।
४ कात्तिक २०७८, बिहीवार १५:५९ बजे प्रकाशित













