धनगढीमा आज र भोलि भेरोसिल खोपको पहिलो मात्रा लगाईदै
धनगढी उपमहानगरपालिकाका आज र भोलि कोभिड–१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १९ वडा मध्ये ६ ओटा वडामा मात्रै कोभिड–१९ विरुद्धको खोप लगाउने बताउदै वडा नम्बर ४ मा रहेको तुलसी माबिमा कार्तिक ४ र ५ गते कोभिड–१९ विरुद्धको भेरोसिल खोप लगाउने बताए ।
अन्य बाकी रहेका वडाहरु ६, ७, ९, १३, १४, १८ र १९ नम्बर वडामा भने कार्तिक ४ गते एकदिन मात्रै खोप लाउने बताए ।
१८ बर्ष माथिका हालसम्म कुनै पनि खोप नलगाएकाहरुलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।
४ कात्तिक २०७८, बिहीवार ०९:०४ बजे प्रकाशित












