कञ्चनपुरमा घरको आँगनमै भेटियो बेवारिसे शव

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलस्थित चन्द्रबहादुर सुनारको घरको आँगनमा बुधवार एक जना मृत अवस्थामा फेला परेका हुन् ।

करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले बताए ।

मृतकको पहिचान नखुलेको उनले बताए । महाकाली नदीको बाढी बस्तीमा पसेको हुँदा शव घरको आँगनमा पुगेको हुन सक्ने डिएसपी न्यौपानेले बताए ।


३ कात्तिक २०७८, बुधवार १९:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु