बझाङमा पहिरोमा परी ४ जनाको मृत्‍यु

बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्‍यु भएको छ ।जिल्लाको खप्तडछन्ना गाउँपालिका–५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ ।

त्यस्तै खप्तडछन्ना गाउँपालिका–६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्‍यु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

यस्तै बझाङकै थलारा गाउँपालिका–४ मा मंगलबार गएको पहिरोमा परी २३ जना बेपत्तामध्‍ये दुईजनाको शव भेटिएको छ । शवको पहिचान भने भइनसकेको प्रजिअ अधिकारीले बताए ।

 


३ कात्तिक २०७८, बुधवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु