वर्षासंगै हावाहुरीले च्याउ खेतीमा असर

कैलालीको धनगढी उपमहानगरपालिका २ रामजानकी टोलमा पूर्व प्रहरी हवल्दार कृपासिँह खडायतले यस वर्ष आठ कट्टा जमिनमा च्याउ खेती गरेका थिए । भर्खरै तयार पारिएका केही हटरामा च्याउ राख्दै थिए भने केहीमा राख्न बाँकी थियो ।नेपाल पूर्व प्रहरी कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत च्याउ उत्पादन प्राविधिक तथा प्रविधी आयोजना फर्मबाट उनले यस वर्ष च्याउ खेती सुरु गरेका थिए ।

तीन वर्षदेखि च्याउ खेती गर्न सुरु गरेको संस्था अन्तर्र्गत यस वर्ष खेती गर्ने पालो खडायतको जिम्मामा थियो । सोही अनुसार उनले आठ कट्ठा जग्गामा च्याउ खेती सुरु गरेका थिए ।आइतबार परेको अबिर वर्षाका कारण उनको च्याउ खेतीमा पूर्णरुपमा नोक्सान भयो । चालु आर्थिक वर्षको असोज ११ गतेदेखि च्याउ खेती सुरु गरेका थिए ।No description available.‘१२ सय पोका च्याउ राखेको थिए,’ उनले भने, ‘तर आइतबार आएको हावाहुरीले सबै च्याउ बिगारि दियो । च्याउ राख्ने टहरा÷छानासमेत हावाहुरीले उडाउदा च्याउ जति सबै खराब भयो ।’वर्षासंगैको हावाहुरीले लगाइएको च्याउ सखाप भएपछि उनको तीन लाख ८४ हजार रुपैयाँ खेर गएको छ । ‘हावाहुरीले टहराका छाना जति सबै उडाइदियो,’ उनले भने, ‘भित्र पानी पसेपछि सबै च्याउमा नोक्सान भयो ।’

उनले छ वटा हटरा तयार पारेका थिए । अरु बाँकी चार वटा टहरा बनाउन बाँकी थियो । ‘तीन वटा टहरामा च्याउ हालेको थिए बाँकी तीन वटा टहरामा च्याउ हाल्न बाँकी थियो,’ उनले भने, ‘वर्षाले गर्दा च्याउ हाल्न पाइएन अहिले सबै पोका च्याउ खेर गयो ।’उनले तयार पारिएका १२ सय पोकामध्ये छ सय ७६ पोका मात्रै टहरामा हालेको थिए । बाँकी पाँच सय २३ पोका च्याउ टहरामा हाल्न नपाउँदै फाल्नुपरेको उनले बताए ।‘सम्बन्धी निकायले हेरदिए त केही राहत हुने थियो,’ उनले भने, नत्र भन्ने लगानी सबै डुब्यो ।’

No description available.


३ कात्तिक २०७८, बुधवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु