बाढीले वर्षभरी छाक टार्ने धान बगायो, किसान चिन्तित

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारीका स्थानीय नेत्र अधिकारीले यसवर्ष २ विगा जमिनमा धान खेती गरेका थिए । तर आइतबारदेखि परेको अविर वर्षका कारण उनको डेढ विगा जमिनको धान नोक्सान भएको छ ।

‘पाँच कट्टा जमिनको धान काटेर थेसर लगाएर राखिसकेको र बाँकी डेढ कट्टाको धान काटेर खेतमै सुकाउन राखेका थियौं,’ उनले भने, ’अहिले बाढीले त्यो सबै बगाइदियो । ६० कुण्डल जति नोक्सान भएको भएको छ ।’

उनले धान काटेको खर्च समेत दिई नदकेको दुखेसो गरे । ’धानकाट्न लागेको १० हजार रुपैयाँ त्यही धान बेचेर तिरउला भन्ने लागेको थियो,’ उनले भने, ’अब धान काटेको खर्च पनि कहाँबाट ल्याएर तिर्ने भन्ने भयो ।’

No description available.वर्ष दिनसम्म खाने धान बगाएपछि अब के गरेर छक टार्ने भन्ने चिन्ता थपिएको उनले दुखेसो पोखे । राज्य केही राहत दिएको भए सहज हुने थियो कि भन्ने उनको आशा छ ।

फूलवारीकै डम्बरसिंह कडायतले १० कट्टा जमिनमा लगाएको धान पनि बाढीमै मिसियो । ’सबै धान काटेर सुकाउन राखिएको थिएँ’ उनले भने, ’पानीले सबै धान बगायो । मेरो त जमिन नै त्यति मात्रै थियो ।’ उनले वर्षभरि खाने धान जति सबै बगाएपछि अब के खाने भन्ने चिन्ता भएको बताए । उनले पनि आफूहरू जस्ता किसानलाई राज्यले केही राहतको व्यवस्था गर्नुपर्ने माग गर ।

स्थानीय किसान यादव शर्माको पनि दुई विघा जमिनमा लगाएको धानमध्ये केही बाढीले बगाएको छ भने काट्न बाँकि रहेको धान पनि डुबेको छ । ‘काटेको धान जति सबै पानीले बगाएको छ,’ शर्माले भने, ’काटन बाँकी धानसमेत डुबेर खतम छ ।’ वर्षभरि खाने धानबालीमा नोक्सान भएपछि उनले यसवर्ष खाद्य सकंट भइ भोकरी हुने चिन्ता व्यक्त गरे ।


२ कात्तिक २०७८, मंगलवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु