कर्णाली नदीको बाढीले खतराको सतह नाघ्यो
कर्णाली नदीको बाढीले खतराको सतह नाघेको छ ।चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११.३ मिटर नाघेको इलाका प्रहरी कार्यालय चिसापानी कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीकाप्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले नदीमा पानीको सतह खतराको तह पार गरेर ११.३ मिटर पुुगेको जानकारी दिए ।
उनकाअनुसार कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ ।लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको प्रमुख प्रहरी निरीक्षक पन्तले बताए ।
२ कात्तिक २०७८, मंगलवार १०:२१ बजे प्रकाशित













