५९१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ५६० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ भने ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् । जसमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४२ जना कोरोना संक्रमित थपिएका छन् ।


१ कात्तिक २०७८, सोमवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु