punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएल : काठमाडौं र भैरहवाको खेल रद्द हुँदा ललितपुर लिग चरणबाटै बाहिरियो

Chaupati
safha napa

भैरहवा ग्लाडियर्टस र काठमाडौं किंग्स इलाभेनबीचको अन्तिम खेल रद्द भएको छ।योसँगै साबिक विजेता ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को लिग चरणबाटै बाहिरिएको छ।खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडे। यसअघि पनि खेल एक खेल स्थगित भइसकेको कारण ईपीएलको नियमअनुसार अंक बाँडिएको हो।

सोमबार परेको पानीका कारण भिजेको आउट फिल्डका कारण भैरहवा र काठमाडौंबीचको खेल रद्द भएको हो।ललितपुर र काठमाडौं दुवैका लागि महत्वपूर्ण मानिएको खेल रद्द भएपछि काठमाडौंले एलिमिनेटरमा स्थान पक्का गरेको हो।

यदि आजको खेल भएर भैरहवासँग पराजित भएको अवस्थामा काठमाडौं बाहिरिने पक्का थियो भने ललितपुरले इलिमिनेटरमा स्थान बनाउने थियो।वर्षा बाधक हुँदै आएको चौथो संस्करणको इपीएलमा काठमाडौले भाग्यले प्लेअफमा स्थान बनाउँदा ललितपुर भने अभागी सावित हुँदै लिग चरणबाटै फर्कन पर्यो।

ईपीएलका ५ मध्ये ४ खेलमा पराजित र १ खेलमा जित निकालेको विराटनगर इपीएल बाट बाहिरिने पहिलो टोली बनेको थियो।योसँगैै ईपीएलमा एलिमिनेटर र क्वालिफायर खेल्ने टोलीको टुङ्गो लागेको छ।ईपीएलको शीर्ष स्थानमा रहेको चितवन टाइगर्स र दोस्रो स्थानमा रहेको पोखरा राइनोजले क्वालिफायर खेल्नेछन्।

५ खेलबाट ४ मा जित र १ मा हार भोग्दै ८ अंब जोडेको चितवन शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको पोखरा र तेस्रो स्थानको भैरहवाको समान ७ अंक भए पनि प्रतियोगिताको नियमअनुसार बढी जित दर्ता गर्ने टोली अघि रहने प्रावधान छ।

पोखराले ३ र भैरहवाले २ खेलमा जित दर्ता गरेका थिए। सोही अनुसार पोखरा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो।तेस्रो स्थानमा रहेको भैरहवा ग्लाडियर्टस र काठमाडौले इलिमिनेटर खेल्नेछन्। क्वालिफायर खेलमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अर्को मौका पाउनेछ।

क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटरको विजेता टोलीसँग फाइनल प्रवेशका लागि पुनः खेल्ने मौका पाउनेछ।भैरहवा कप्तान शरद भेषावकर, प्रशिक्षक पुबुदु दसानायके, काठमाडौंका कप्तान सन्दीप लामिछाने र अम्पायरहरुको लामो छलफलपछि खेल रद्द गर्ने निर्णय गरेका थिए।


१९ असोज २०७८, मंगलवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु