ईपीएलमा आज लिग चरणको अन्तिम खेल : काठमाण्डौ र भैरहवा खेल्दै

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौलाई प्ले अफमा पुग्न आज जित्नैपर्ने दबाब छ ।

अङ्कतालिकामा पाँचौं स्थानमा रहेको काठमाण्डौको चार खेलमा दुई अङ्क छ ।आज काठमाण्डौ पराजित भए ललितपुरले प्ले अफमा स्थान बनाउनेछ । भैरहवा भने यसअघि नै प्ले अफमा पुगिसकेको छ । भैरहवा चार खेलमा ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।


१९ असोज २०७८, मंगलवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु