punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वर्षेनी पोल ढल्दै, गाउँमा विद्युत सेवा अभाव

Chaupati
safha napa

वर्षेनी विद्युतका पोल ढल्दै गएपछि बैतडीको सिगास गाउपालिका, च्वागढका बासिन्दाहरू अझैं पनि विद्युत सेवाबाट बञ्चित भएका छन् ।

सिगास च्वागढमा विद्युत सेवा विस्तार गर्न निकै लागनी भइसकेको छ । सिमास गाउपालिका वडा नम्बर १ का अध्यक्ष गगनसिंह धामीका अनुसार विद्युत विस्तार गर्न गाउपालिकाले मात्र एक करोड बढी रुपैया लागनी गरिसकेको छ ।

वडाध्यक्ष धामीले भने– सिगास गाउँपालिकाको वडा नम्बर १ र २ सहित गाउँपालिका केन्द्रसम्म विद्युत सेवा विस्तार गर्न तीन आर्थिक वर्षमा एक करोड रुपैया बढी खर्च भइसकेको छ ।

निर्माण समितिले गाडेका विजुलीका पोल हरेक वर्ष ढलिरहेका छन् । तार चुडिएका छन् । उनका अनुसार निर्माण समितिमा राजनीतिक दलहरूका कार्यकर्ता नै अध्यक्ष रहने गरेका छन् ।

गाउपालिका अध्यक्ष हरिसिंह धामीले गाउँपालिकाले विद्युतिकरणका लागि ठूलो लगानी गरे पनि उपभोक्ता समितिहरूको कमजोरीका कारण समयमा विजुली पुराउन नसकिएको दाबी गरे ।

विद्युत वितरण केन्द्र बैतडीमार्फत सो क्षेत्रमा बिजुली पुराउने काम भइरहेको कार्यालय प्रमुख अनिलकुमार चौधरीले बताए । उनले यो वर्ष सिगास गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत पुर्याउन ३० लाख रुपैयाको टेण्डर आह्वान भइसकेको बताए

गाउँपालिका र विद्युत वितरण केन्द्र दुवैले काम गरिरहेको भए पनि तीन वर्षदेखि बिजुलीका पोल ढल्ने क्रम जारी रहेको छ ।


१३ असोज २०७८, बुधवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु