punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी

Chaupati
safha napa

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक केही बेर अघि सुरू भएको हो।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यी प्रस्तावहरु छलफल गरी पारित गरिनेछ । नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

 


८ असोज २०७८, शुक्रवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु