सेती अस्पतालमा १९ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।


६ असोज २०७८, बुधवार १४:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु