सुनको मूल्य बढ्यो
बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ ।
मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।
६ असोज २०७८, बुधवार १२:४८ बजे प्रकाशित












