punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिम सेतीकाे अध्ययनका लागि सरकारी टाेली डाेटीमा

Chaupati
safha napa

वर्षौँदेखि चर्चामा रहेको डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माणको अध्ययन गर्न एक सरकारी टोली आज शनिवार डोटी आइपुगेको छ ।

डोटी पुगेको टोलीले पश्चिम सेती परियोजनाको पावर हाउस निर्माण गरिने शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमनसमेत गरेको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले बताए ।

डोटी आइपुगेको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्की र प्राविधिक रहेका छन् । यस टोलीले आयोजनाको बाँधस्थल तराला र ढुङ्गाड क्षेत्रमा पुगेर अनुगमन र अध्ययन गर्नेछ ।

चुनावका बेलामात्रै मुख्य रूपमा उठाइने पश्चिम सेती परियोजना गएको ४० वर्षदेखि चर्चामा सीमित रहेको भन्दै स्थानीयवासीलाई यसको निर्माण हुन्छ भन्ने पत्यार लाग्न छाडिसकेको शिखर नगरपालिका ११ बानीडुग्रीसैनका प्रेमबहादुर बलायरले बताए ।

तर अहिले फेरि पश्चिम सेती परियोजनाको अध्ययन गर्न सरकारी टोली आएपछि स्थानीयवासीमा काम हुन्छ कि भन्ने झिनो आशा पलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

उनले भने, ‘ पश्चिम सेती बन्दैन भनेर नागरिकले सोचेका छन्, तैपनि सरकारी अध्ययन टोली फेरि आएको छ, आशा मारेका नागरिकहरू बन्छ कि भनेर खुसी भएका छन् ।’

सन् १९८१ देखि पश्चिम सेती जलविद्युत् परियोजना निर्माण हुने चर्चा सुरु भएको थियो । त्यति बेला फ्रान्सेली संस्था सोग्रेहको र सन् १९९४ मा नेपाल सरकारको विद्युत् विकास केन्द्र अस्ट्रेलियाली बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारी पत्रमा हस्ताक्षर भएका थियो । सन् १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

वर्षौँदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती परियोजना स्थलको पटक–पटक भौगर्भिक अध्ययन भए पनि काम हुन नसकेको कांग्रेस नेता यज्ञराज पाठकको आरोप छ ।

यस परियोजनाका नाममा धेरै नेताले भोटसमेत मागेको र पटक–पटक आश्वासन दिएको एमाले नेता तथा दिपायल सिलगढी नगरपालिकाका पूर्वमेयर घनश्याम पाठकले बताए ।


३ असोज २०७८, आइतवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु