punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज संविधान दिवस, संविधान जारी भएको ६ वर्ष पूरा

Chaupati
safha napa

आज संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ।

सरकारले संविधान दिवशलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ। दिवसका अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। यस वर्ष असोज २ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवश मनाउने निर्णय सरकारले गरेको छ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो। संविधान दिवसका दिन घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले अनुरोध गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहने छ।

प्रधानमन्त्री देउवाले विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।नेपालको संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ।

संविधानले मुलुकमा संघ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चित गरेको छ। निर्वाचनको माध्यमद्वारा गठित तीन तहका सरकार अहिले मुलुकमा क्रियाशील छ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ जना कैदीबन्दीको सजाय मिनाहा गरेकी छन्।


३ असोज २०७८, आइतवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु