सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले सोमबारका लागि बैठक बोलाएका हुन्।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सोमबार दिउँसो २:३० बजे बस्ने गरी सर्वदलीय बैठक राखेका हुन्।

संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अहिले देखिएको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको हो।एमालेले आज पनि संसद बैठक अवरोध गरेको थियो।


२७ भदौ २०७८, आइतवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु