सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
सिन्धुपाल्चोकको वाफलबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ।दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका प्रहरीले जनाएको छ।बुधबार सिन्धुपाल्चोकको सुनकोशी गाउँ पालिका–३ छापागाँउ स्थित सुकुटे ठोकर्पा भित्रि सडक खण्डमा सो दुर्घटना भएको हो।
अरनिको समिति मार्फत सञ्चालनमा रहेको कोशीपारि यातायातको बा ३ ख ८०३० नं। को बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेको धुलिखेल अस्पताल काभ्रेमा उपचारको २ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार ललितपुर ठुलो दुर्लुङ घर भएका वर्ष अन्दाजी ४०र४५ का राजन बराम र २०र२२ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो।
घाइते ४१ यात्रुमध्ये १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, १ जना मध्यपुर ठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ।
९ भदौ २०७८, बुधवार १६:५७ बजे प्रकाशित












