अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ

अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा पन्चदेवल विनायक नगरपालिका ६ का २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावल छन्।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बोहराका अनुसार उनीहरूले भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै एक बालिकामाथि बलात्कार गरेको आरोप छ।

पीडित पक्षको जाहेरीपछि दुवै जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


९ भदौ २०७८, बुधवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु