थरुहट मोर्चाले मनायो कालो दिन

थरुहट/थारुवान राष्ट्रिय मोर्चाले मंगलबार कैलालीको टिकापुरमा कालो दिन मनाएको छ ।

टीकापुर घटना भएको पछिल्लो दिन भदौ ८ गतेकै दिन थारुको घर, व्यापार जलाउने र लुटपाट गर्ने अपराधीलाई कार्बाही गर्नुपर्ने माग राख्दै मोर्चाले बत्ती निभएर कालो दिन मनाएको हो ।

मंगलबार साँझ ८ बजेदेखि साढे ८ बजेसम्म आधा घण्टा घरको बत्ती निभाएर कालो दिन मनाइएको थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले बताए ।


८ भदौ २०७८, मंगलवार २१:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु