सभामुखलाई एमालेको प्रश्न– देशमा दुईवटा कानुन छ हो ?
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ । स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदिप ज्ञवालीले एमालेका लागि एउटा र परमादेशबाट आएका दललाई अर्को कानुन रहेको जस्तो व्यवहार सभामुखबाट भएको बताए ।
“मुलुकमा दुईवटा कानुन छ हो ?,” सभामुखप्रति लक्षित गर्दै उनले भने, “टोपबहादुर रायमाझीसहितलाई सम्बन्धित पार्टीले कारबाही गरेको तत्काल कारबाही गर्ने तर नेकपा एमालेले औपचारिक निर्णय गर्दा पनि कारबाही नहुने किन हो ? कि सभामुखले भन्नुपर्यो एमालेका लागि छुट्टै कानुन छ अरुका लागि अर्को भनेर ।”उनले सभामुखले माओवादी कार्यकर्ताकै व्यवहार गरेको बताए ।
“कि उहाँले भन्नुपर्यो सभामुख होइन म माओवादी कार्यकर्ता हो भनेर,” उनले भने, “उहाँले संविधानको बर्खिलाप गर्नुभएको छ । एउटा पार्टीलक्षित काम गर्नुभएको छ । लज्जाको योभन्दा उदांगो स्वरुप केही हुँदैन ।”
८ भदौ २०७८, मंगलवार २०:०६ बजे प्रकाशित












