सर्वोत्तम सिमेन्टको सेयर खरिदमा विवादित नेप्से सीईओ साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा मंगलबार राजीनामा दिएको घोषणा गरेका हुन्।

उनी पछिल्लो समय सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्री प्रकरणमा विवादित बनेका थिए। सेयरबजारको व्यवस्थापकीय निकाय नेप्सेको नेतृत्व गरिरहेका साउदको श्रीमतीले सेयर किनेपछि उनी विवादित बनेका थिए।

संघीय प्रतिनिधि सभाको अर्थ समितिले उनलाई कारबाही गर्नुपर्ने ठहर गरेको थियो। सेयर किनबेचमा विवादित बनेपछि अर्थ समितिमा सांसदहरुले उनको चर्को आलोचना गरेका थिए।

पत्रकार सम्मेलनमा बोल्दै साउदले आफूले कुनै गैरकानुनी काम नगरेको बताए। विवादित सेयर पनि कानुनअनुसार नै किनेको उनको भनाइ थियो।यसका बाबजुद अनुसन्धानलाई सघाउने उद्देश्यले पद छाडेको उनले बताए।


८ भदौ २०७८, मंगलवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु