कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, राजमार्ग अवरुद्ध
कैलालीमा राजीपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
जिल्लाको राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिंह गुर्धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्रकको ठक्करबाट गुर्धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए ।
ट्रक चालक उदयपुर हर्जेनी गाँउपालिका–३ बस्ने ३८ बर्षका टेकराज खत्रीलाई नियन्त्रणमा लिइएको उनले बताए ।
ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
८ भदौ २०७८, मंगलवार १४:०६ बजे प्रकाशित












