धनगढीका मेयर वड अस्वस्थ, नर्भिकमा भर्ना

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

मेयर वड विगतदेखि नै प्रेसरको औषधि सेवन गर्दै आएका थिए। उनी युरिक एसिडका पनि बिरामी पनि हुन् ।


८ भदौ २०७८, मंगलवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु