भीम रावल–घनश्याम भुसालहरू ओली निवासमा

माधव नेपाल समूहमा रहेर पनि उनले गठन गरेको नयाँ दलमा सहभागी नभएका नेकपा एमालेका नेताहरू अहिले (सोमबार बिहान) अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट,भक्तपुर) पुगेका छन्।

१० बुँदे सहमति कार्यान्वयनका लागि दिएको अल्टिमेटम सकिनु एक दिनअघि उनीहरूले ओलीसँग वार्ता गर्न लागेका हुन्।एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुगेका हुन्।

एकताका लागि १० बुँदे पालना गर्न उनीहरूले अध्यक्ष ओलीलाई भोलि मंगलबारसम्मको समयसीमा दिएका छन्। अन्यथा आफूहरू दल रोज्न स्वतन्त्र हुने चेतावनी दिएका छन्।

यता नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन कार्यान्वयन प्रक्रियामा छ। एमालेका २० प्रतिशत सांसदको सूची दिएको नेपाल समूहले ती सांसद हो, होइनन् भनेर निश्चित गर्न आयोगले सनाखतका लागि उनीहरूलाई बुधबार आउन भनेको छ।


७ भदौ २०७८, सोमवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु