punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ठाकुर समूहको दल दर्ता नगर्न आयोगमा यादवको निवेदन

Chaupati
safha napa

जनता समाजवादी पार्टी, नेपाल(जसपा)ले पार्टीको नामसँग मिल्ने गरी नयाँ दल दर्ता गर्न आएको निवेदन रद्द गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगमा पुगेर आफ्नो पार्टीसँग मिल्नेगरी नयाँ दल खोल्न दिइएको निवेदन रद्द गर्न आग्रह गर्दै निवेदन दिएका हुन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेको महन्थ ठाकुर र राजेन्द्र महतोले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नाम राखेर नयाँ दल दर्ताका लागि बुधबार निवेदन दिएको थियो ।त्यो नाम आफ्नो पार्टीसँग मिलेको भन्दै यादवले आयोगको कार्यालयमा पुगेर रद्द गरिदिन आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त दिनेश थपलियाले जसपा अध्यक्ष यादवले आफ्नो पार्टीसँग मिल्नेगरी नाम राखेर नयाँ दल दर्ता नगर्न भन्दै आयोगमा निवेदन दिएको जानकारी दिए ।‘जनता समाजवादी पार्टी, नेपाल नाम गरेर अर्को कुनै पार्टी दर्ता भएको भन्ने सञ्‍चार माध्यममा समाचार हामीले सुन्यौं, त्यसमा हाम्रो गम्भीर आपत्ति छ,’ यादवको भनाइ उध्रित गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘हाम्रो पार्टीसँग मिल्ने नाम गरेर नयाँ दल दर्ता रोकिदिन पर्‍यो भन्ने उहाँको माग छ ।’


३ भदौ २०७८, बिहीवार १६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु