सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको सरकार सञ्चालन सम्बन्धी साझा कार्यक्रम तथा कार्यविधि सरकारले आज सार्वजनिक गदैछ ।
सत्ता गठबन्धनमा सहभागी दलको शनिबार बसेको बैठकले आइतबार न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने तयारी गरेको छ । बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार बिहान १० बजेपछि कार्यदलले तयार पारेको सरकारका साझा कार्यक्रम सार्वजनिक गरिने छ ।
सरकारको साझा कार्यक्रम तयार पार्नका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक छन्। नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य थिए।
उक्त कार्यदलले सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम तयार पारी प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुलाई शुक्रबार बुझाएको थियो । उक्त कार्यक्रममाथि शनिबार छलफल गरेर आइतबार सार्वजनिक गर्न लागिएको हो ।
२४ साउन २०७८, आइतवार ०९:२४ बजे प्रकाशित












