एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्‍यो

आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए।

माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

नेपाल पक्षले भने बैठक सारिनु स्वागतयोग्य भए पनि एक दिनका लागि मात्रै सारिएको भन्दै असन्तुष्टि जनाएको छ। गत हप्ता बसेको अध्यक्ष केपी ओली निकट स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक तय गरेको थियो।

स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरेसँगै नेपाल पक्षले आपत्ति जनाएको थियो।


२४ साउन २०७८, आइतवार ०८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु