सेती अस्पतालमा २४ जनामा संक्रमण पुष्टि
धनगढी-सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जना कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १२१ जनाको नमूना परीक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना बिरामी भर्ना भएका छन्। हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ५ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा र ६ जना अक्सिजन सर्पोटमा रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जनाको मृत्यु भएको छ ।
२२ साउन २०७८, शुक्रवार १२:१३ बजे प्रकाशित












